कुनै पनि बहानामा ओलीलाई काँ’ध थाप्ने गल्ती नगरौँ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मु’द्दा व्यक्ति नभएर ओलीप्रवृत्ति रहेको बताएका छन् । सोमबार ट्विट गर्दै पूर्वप्रधान मन्त्री समेत रहेका भट्टराईले कुनै पनि वहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेका बेला भट्टराईको यस्तो प्रक्रिया आएको हो ।

उनले लेखेका छन् , ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली होइन, ओली प्रवृत्ति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् ।’ तर ओलीप्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्प विकासको मुख्य वाहक भएको उनको भनाइ छ । ‘ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्प विकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मु’द्दा मात्र होइन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौँ ,’ भट्टराईले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्