झुल्के घाम हेर्न अन्तु डाँडामा घु’इँचो

इलाम — को’रोनाका कारण ब’न्द इलामको अन्तु क्षेत्र खुला गरिएपछि पर्यटकको आ’वागमन बढेको छ । मेची राजमार्गको छि’पिटारबाट पक्की सडक अन्तु डाँडासम्म नै पुगेकाले साना र निजी सवारीसाधन लिएर जाने अ’धिक छन। बंगा लको खाडीबाट निस्कने घामको पहिलो झुल्को हेर्नु नै अन्तुको मुख्य आकर्षण हो ।

हराभरा चियाबारी, अन्तु पोखरी, लोपोन्मुख लेप्चा जातिको संस्कृति, कञ्चनजंघा लगायत हिमशृंखला तथा नेपाल र भारतका विभिन्न स्थानको दृश्यावलोकनले पनि अन्तु आउनेलाई आ’नन्दित तुल्याउने गर्छ । बाक्लै गरी बनेका होटल, होमस्टे लगायतले सहरको रूप लिएको छ । दैनिक सयौंको संख्यामा आउने पर्यटक थेग्न एक सयको हा’राहारीमा रहेका होटल र होमस्टेलाई हम्मे छ ।

‘को’रोनाको लामो घर बसाइपछि आएकाहरू अन्तुमा धीत मा’रेर रमाउन चाहन्छन्’ पर्यटन व्यवसायी रुद्र घिमिरेले भने ‘शुक्रबार र शनि बार त थेग्नै नसक्ने गरी भीड बढ्ने गरेको छ ।’ अन्तुमा मुख्यगरी झापालगायत तराई क्षेत्र र राजधानीबाट आउने क्रम बढी छ । पछिल्ला केही वर्षमा अन्तु आउने पर्यटकको संख्या ह्वात्तै बढेको हो । पर्यटक धेरै भएकै कारण होमस्टेहरू पनि होटलकै रूपमा सञ्चालन हुने क्रम ब’ढ्दो छ । पर्यटन गन्तव्यको रूपमा स्थापित भए पछि अन्तुमा जग्गाको भाउ समेत अकासिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्