सरकारको लोकप्रियता देखेर आत्तिएकाहरूले मेरो राजीनामा मागे : प्रधानमन्त्री ओली

ताप्लेजुङ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार वि’रुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए। ‘हामी समृद्धि का लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणाली वि’रुद्ध भ्र’म फै’लाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो’, प्रधानमन्त्री ओलीले भने ।

उनले सरकारको प्रगती देखेर आफ्नै पार्टी बाट राजीनामा माग गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्षविरुद्ध पार्टीमा कहिले लिखित र कहिले मौखिक रुपमा प्रश्न पठाएर सरकार ढलिहाल्छ, केहि कामगर्न सकेन भन्ने जस्ता लाल्छना लगाइएको बताए।

‘तपाईहरु यहाँ राजनीतिककर्मी पनि हुनुहुन्छ होला, सत्ताको नेतृत्व गरिरहेको हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्री वि’रुद्ध पार्टीमा कहिले लिखित र कहिले मौखिक रुपमा प्रश्न पठाएर सरकार ढलिहाल्छ, केहि काम गर्न सकेन भन्ने जस्ता बिभिन्न लाल्छना आइरहन्छन् ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो सरकारको प्रगतिबाट आत्तिएका र केहि काम नपाएकाहरुबाट भएको हो ।’

अर्काे प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मि’चिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो । उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायात लगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उहाँले बताउनु भयो । घुन्सा वासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिने समेत उनको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिने घोषणा गरेकी छन् ।

उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरेकी छिन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्