४९ लाखमा किनेको गाडी मर्मत गर्न ५८ लाख खर्च

काठमाडौं । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई सरकारले दिएको गाडी मर्मतमा निकैं धेरै खर्च लाग्ने बिल प्रदेश सभा सचिवालयमा पुगेको छ। प्रदेशसभाले कँडेललाई उपलब्ध उक्तगराएको उक्त गाडी मर्मतका लागि खरिद मूल्य भन्दा बढी लाग्ने देखिएको हो।

नेकपाको तर्फबाट प्रदेश सभामा सांसद बनेका कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन दास ढुंगा नजिकै दु,र्घटना भएको थियो । दु,र्घटना पछि मर्मतका लागि हाल भैरहवा स्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको छ । गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश गरिएको छ।

समृद्धि इन्टरप्राइजेजले गाडी मर्मतका लागि ५८ लाख ६९ हजारको अनुमानित खर्च विवरण पेश गरेको हो। प्रदेश सभा सचिवालयका अधिकारीका अनुसार यो गाडी २०७५ असारमा ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । अनुमानित खर्च निकै धेरै पेश भए काले गाडी मर्मत प्रक्रिया अगाडि नबढाएको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्