३ हजार बाईक सहित २० हजारको सहभागितामा भोलि पोखरामा राजावादीहरुले र्याली निकाल्ने

पोखरा, ९ मंसिर । गण्डकी प्रदेशवासी नभनी राजसंस्था र हिन्दूधर्म पक्षधरहरुले पश्चिमाञ्चलवासी नेपाली जनताको नाममा भोलि मंसिर १० गते पोखरामा वृहत आमसभाको आयोजना गर्ने भएका छन् । पश्चिामाञ्चलमा रहेका हि’न्दूवादी शक्ति, शिवसेना नेपाल तथा ब्राम्हण समाज लगायतको सहभागितामा सो कार्यक्रम गरिने भएको छ ।

कार्यक्रममा बीसौँ हजारको सहभागिता रहने शिवसेना नेपाल कास्कीका अध्यक्ष बन्टी क्षेत्रीले दावी गर्नु भयो । क्षेत्रीका अनुसार कार्य क्रममा गण्डकी प्रदेश भित्रका ११ जिल्लाका सम्पूर्ण राष्ट्रबादी आम नागरिकको सहभागिता रहने बताउनुभयो । कार्यक्रममा ११ जिल्ला बाट करीब ३००० बाइकको सहभागितामा र्याली निकालिने पनि क्षेत्रीको भनाइ छ।

त्यस्तै शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतका अनुसार पोखराको अम्मर सिंह चोकबाट र्याली शुरु हुने तथा मानवअधिकार चोकमा आमसभामा गरेर सम्पन्न हुने छ। अध्यक्ष बस्नेतका अनुसार सम्पूर्ण राष्ट्रवादी नेपालीलाई एक भएर कार्यक्रममा सहभागी हुन आग्रह पनि गरिएको छ । यो लडाइँ धर्म रक्षाका साथै राष्ट्रिय अखण्डताको लागि भएको कारण देश तथा धर्म बचाउन सम्पूर्ण नेपाली जनता एक हुनुपर्ने उनको भनाइ रहेको छ ।

राजसंस्था अबको निकास भएको कारण राजालाई नेपाली जनताले सहर्ष स्वीकार गर्नेमा दुईमत नभएको तर बिदेशी शक्तिको प्रभावमा परेर राजसंस्था हटाइएको हुनाले तत्काल राजसंस्थाको पुर्नस्थापना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बस्नेतको भनाइ रहे को छ । कार्यक्रम भोलि मंसिर १० गते दिनको ठीक १ बजे शुरु हुने पश्चिमाञ्चलवासी नेपाली जनता समूहले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्