जग्गा किर्ते गरेर ह’डपेको अभियोग लागेका नेकपाका नेता पुरी काठमाडौंबाट प’क्राउ

काठमाडौं : झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ प’क्रा उ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट प’क्रा उ गरेको हो। दमक नगरपालिका-६ का नेकपा नेता पुरीमाथि सर कारी जग्गा आफ्नो नाममा की’र्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई प’क्रा उ गरेको हो।

‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि हामीले प’क्रा उ गरेका हौं,’ विभागका एक अधिकारीले भने। पुरी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा प’राजित भएका थिए।

दमक नगरपालिका-८ (साबिक १३) को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरी माथि विभागले अनुसन्धान गरिरहेको थियो। विभागका ती अधिकारीका अनुसार उनले अ’वैध आर्जन गरेको सम्पत्ति करिब ६ करोडजति फेला परिसकेको छ। बाँकी रहेको सम्पत्तिबारे पनि अनुसन्धान चलिरहेकाले बिगो बढ्ने ती अधिकारीले बताए।

यो अ’भियोगमा उनी यसअघि अदालतबाट ध’रौटीमा छुटेका थिए। तीन महिना फ’रार भएका उनी २०७७ चैत ७ गते जिल्ला अदालतमा सु’टुक्क हाजिर हुन पुगेका थिए। झापा दमक नगरपालिका-८ (साबिक-१३ र १४)को ३० बिगाहा बढी सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई एक लाख ८० हजार धरौटीमा रिहा गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय झापाले सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याएको अभियोगमा पुरीलाई मुख्य व्यक्ति किटान गरेर ‘दमक बालुवा टार जग्गा घोटाला’ अदा’लतमा पुर्‍याएको थियो। पुरी उनका आफन्त, नापी तथा मालपोत कर्मचारी सहित २२ जनालाई सरकारी छाप दस्तखत कीर्तेमा विपक्षी बनाइएको थियो।

मु’द्दा दर्तासँगै बालुवाटार प्र’करण अदालतको नियमित कार्यसूचीमा प्रवेश गरेको प्रारम्भिक चरणबाटै पुरी ध’रौटी बुझाएर छुटेका थिए। पुसमै प’क्रा उ पूर्जी जारी भएका पुरी प्रहरीबाट छलिँदै आएका थिए। पुरीले दमक साबिक-१३ र १४ को सरकारी जग्गा आफू र आफ्नो परिवारको नाममा ल्याएर बेचबिखन गरेको अनुसन्धानबाट देखिएको छ।

प्रतिक्रिया दिनुहोस्