गच्छेदार माथि लगाइएको मु’द्दा विना शर्त फिर्ता नगरिए आ’न्दोलन : काँग्रेस सभापति देउवा

रामेछाप, २५ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजयकुमार गच्छेदालाई सरकारले ष’ड्यन्त्रपूर्ण रुपमा मुद्दा चलाएको आ’रोप लगाउनु भएको छ। गच्छेदार माथि लगाएको मु’द्दा तत्काल फिर्ता गर्न पनि सभा पति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ ।

नेता गच्छेदार माथि लगाइएको मु’द्दा विनाशर्त तत्काल फिर्ता नगरिए आ’न्दोलन गर्ने समेत देउवाले चेतावनी दिनु भयो । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी पूर्ण बहादुर तामाङ कान्छाराले ब्यक्तिगत लगानीमा जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा प्रदान गरेको एम्बुलेन्स तथा श’व वाहन वितरण गर्न रामेछाप पुग्नु भएका देउवाले यस्तो चेनावनी दिनुभएको हो ।

कान्छाराम तामाङले पार्टी सभापति देउवा मार्फत जिल्लामा ४ वटा एम्बुलेन्स १ श’व वाहन प्रदान गर्नुभएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले समाज सेवा गर्नको लागि चुनाव जित्नु पर्दैन भन्ने उदाहरण कान्छा राम तामाङले पेश गरेको बताउनु भयो । कान्छाराम तामाङले रामेछाप जिल्लामा यस अघि पनि ९ वटा एम्बुलेन्सहरु प्रदान गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्