कांग्रेस प्रवक्ताको प्रश्‍न-अप’हरणकारीले १० वर्षपछि बच्चा फिर्ता गरे माला कि मु’द्दा ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ललिता निवास प्रक’रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय माथि प्रश्‍न गरेका छन् । अख्तियारले ललिता निवास प्र’करणमा संलग्‍न भएको भन्दै कांग्रेस उप सभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदार वि’रुद्ध विशेष अदालतमा मु’द्दा दायर गरेपछि कांग्रेस आ’क्रोशित बनेको छ ।

यही सिलसिलामा कांग्रेस प्रवक्ता शर्माले मु’द्दा कसैलाई चलाउनै नहुने अभिप्राय आफ्नो नभएको बताएका छन्। उनले सरकार र अख्तियारलाई अनुत्तरित दुई प्रश्‍न गरेका छन्। उनले ट्वि’टमार्फत सोधेका छन्, “१. नितिगत निर्णय´ हो,अत: प्रमलाई गांस्न मिल्दैन भने मन्त्रीलाई मिल्छ कसरी ? नितिगत होइन भने प्रमलाई उन्मुक्ति किन ? २. अ’पहर’णकारीले दस बर्षपछि बच्चा फिर्ता गरे माला कि मु’द्दा ?”

ट्वि’टमा थप लेखेका छन्, “गम्भीर प्रश्नप्रति गम्भीर प्रतिक्रिया हुन्छ नै !” त्यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजयकुमार गच्छेदालाई सरकारले ष’ड्यन्त्रपूर्ण रुपमा मुद्दा चलाएको आ’रोप लगाउनु भएको छ। गच्छेदार माथि लगाएको मु’द्दा तत्काल फिर्ता गर्न पनि सभापति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्