१० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिनँ : मेसी

एजेन्सी । ‘म्याराडोना तिमी कुन ग्रह बाट हौं ?’ सन् १९८६ को विश्वकप सेमि फाइनलमा म्याराडोनाले इङल्यान्डका ६ खेलाडीलाई छक्याएर गोल गरेलगत्तै उरुग्वेली टेलिभिजन कमेन्टेटर हुुगो मेरालेसले सोधेका थिए । म्याराडोनाको यो गोल ‘गोल अफ दि सेन्चुरी’ नामले विख्यात छ र विश्वकप इतिहासकै सर्वाधिक उत्कृष्ट गोल मानिन्छ । ६० वर्षको उमेरमा गत बुुधबार हृ’दयघा तले नि’धन भएका म्याराडोनाबारे अन्य खेलाडीहरुको दृष्टिकोण, उनीहरुकै शब्दमा –

एरिक क्यान्टोन– पेल र म्याराडोना बीचको महत्त्वपूर्ण फरक भनेको म्याराडोना उत्कृष्ट खेलाडीबाट घेरिएका थिएनन्, उनले आफैंले टिमको जिम्मेवारी लिनुपरेको थियो । यदि, तपाई अर्जेन्टिनाको टोलीबाट म्याराडोनालाई निकाल्नुुभयो उनीहरु को विश्वकप जित्न सक्दैनथें होलान् । तर, मलाई लाग्छ ब्राजिलले पेले बिना पनि जित्नसक्थ्यो ।

लियोनल मेसी– १० लाख वर्षसम्म खेलेपनि म कहिल्यै म्याराडोना नजिक आउन सक्दिनँ । उनी अहिलेसम्मकै महान् खेलाडी हुन् ।

कलार्लोस् टेभेज– डिएगो म्याराडोना अर्जेन्टिनीहरुका भगवान् हुन् र उनी सधैं भगवान् रहनेछन् ।

माइकल प्लाटिनी– जिनेदिन जिदानले बलमार्फत जे गर्नसक्छन्, म्याराडोनाले त्यो सुन्तलामार्फत नै गर्छन् ।

जिको– उनी उत्कृष्ट हुन्, कुनै प्रश्न छैन । मैले म्याराडोनाले त्यस्तो खेलेको देखेको छु, जसलाई देख्दा यो सम्भव छ र भन्ने दुविधा भगवान‍्लाई पनि हुनसक्छ ।

फ्रान्को बारेसी– जब म्याराडोनामा लयमा थिए, त्यतिबेला उनलाई ठाउँ कुनै बाटो नै थिएन ।

प्रतिक्रिया दिनुहोस्