यो हो विश्वकै सबैभन्दा सानो साढे चार किलोको गाई

एजेन्सी। हालै अमेरिकामा एउटा एकदमे सानो गाई भेटिएको छ । सामान्य गाईको तुलनामा यो गाईको तौल ४.५ किलो रहेका छ । यो गाई विश्वकै सबैभन्दा सानो गाई हो । सामान्य गाईभन्दा १० हिस्सा सानो यो गाईको नाम लिटिल बिल हो ।

यो बाच्छोलाई जन्मने बित्तिकै अमेरिकाको मिसिसिपी स्टेट यूनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसिनमा लगिएको थियो। गाईको मालिकले गाई बिरामी भएको हुनसक्ने भन्दै भेटेनरी लगेका थिए। तर, चिकित्सकले गाई पूर्ण स्वस्थ रहेको बताएका छन्। गाई सामान्य गाईको तुलनामा सानो मात्रै भएको अन्य कुनै रोग नभएको चिकित्सकले बताएका छन् ।

अस्पतालमा यस्तो विचित्रको गाई हेर्न भीड जम्मा भएको थियो । चिकित्सकले गाईको एक तस्विर पनि आफ्नो फेसबुक फेजमा शेयर गरेका छन् । गाई किन यति सानो भएर जन्मियो भनि चिकित्सकले अनुसन्धान गरिरहेका छन् । #LilBill भनि अहिले यो गाई सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्