विजयकुमार गच्छदारको गृह नगरमा देखीयो यस्तो दृश्य !

सुनसरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उप-सभापति एवं संसदीय दलका उप-नेता विजय कुमार गच्छदार बिरुद्ध बिशेष अदालतमा भ्र’ष्टाचारको मु’द्धा दायर गरेको विषयमा आ’पत्ती जनाउदै नेपाली काङ्ग्रेसले मशाल जू’लूस प्रदर्सन गरेको छ । तरुण दल सुनसरीको नेतृत्वमा भएको बि’रोध प्रदर्शनमा दुहबिका विभिन्न बाईपास सडकबाट एकैसाथ हजारौंको संख्यामा काँग्रेस कार्य कर्ता, तरुण नेता तथा कार्यकर्ता र गच्छदार समर्थकहरुको मसा’ल जु’लुसमा उपस्थिती रहे को थियो ।

चारैकूनाबाट सुरु भएको मशाल जूलूस कोण सभामा परिणत भएको थियो। कोण सभामा बाेल्दै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले ललिता निवास जग्गा प्रकरणमा नेपाली काङ्ग्रेस पार्टी उपसभापति बिजय कुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रति शोधको संज्ञा दिँदै आन्दोलनको तयारी थालेको बताएका छन् ।

दुहबी नगर पालिकाका प्रमुख बेद नारायण गच्छदारले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले लगाइएकाे मुद्दा फिर्ता नलिए वर्तमान सरकार वि’रुद्ध सडक संघर्षको विकल्प नहुने बताए । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेंहदी हुसैनले सुनसरी क्षेत्र नम्बर ३ बिजय गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले आ’न्दोलनका लागि २१ सदस्य कमिटि तयार भएकोले चाँडैनै चरणबद्ध आ’न्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने जानकारी दिएका छन् ।

नेपाल तरुण दल सुनसरी जिल्ला कार्य समितिका सभापति सिजन गुरुङ र नेपाल तरुण दल सुनसरी क्षेत्रनम्बर ३ का सभापति विकासराज भण्डारीको नेतृत्वमा आएका तरुण दलका यूवा हरुले संसदीय दलका उपनेता गच्छदार माथि लगाइएको आ’रोप स’हैय हुन नसक्ने भन्दै उक्त कदम वि’रुद्ध आन्दोलनमा होमिनु बाहेकको विकल्प नरहेको बताए । तरुणदल सुनसरी क्षेत्र नम्बर ३का सभापति विकासराज भण्डारीले यूवाहरु आ’न्दोलनको लागि तयारी अवस्थामा रहेको समेत बताए। काँग्रेससँग जोरी खोज्ने तानाशाहको अन्त्य निश्चित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्