गृह मन्त्रालयद्वारा डिआइजी विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

काठमाडौं, १५ मंसिर । गृह मन्त्रालयद्वारा डिआइजी विश्वराज पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस काठमाडौं, १५ मंसिर । नेपाल प्रहरीका नायव महा निरीक्षक डिआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि सिफारिस भएका छन ।

सोमबार गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदश्य सचिव रहने व्यवस्था छ ।

२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवामको अनुभव बटुलेर पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए। डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनु भव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्