चीनले विशाल बाँ’ध बनाउने भएपछि भारतलाई त’नाव

काठमाडौं : चीनले तिब्बतमा भारतको सीमानजिक यार्लुङ जाङ्बो नदीमा विशाल बाँ’ध बनाउने भएपछि भारतमा जलसुरक्षा जोखिममा पर्ने भनी चि’न्ता व्यक्त गरिएको छ । तिब्बतमा उत्पत्ति भएको यार्लुङ जाङ्बो अरुणाचल प्रदेशमा पुग्दा सियाङ भनिन्छ अनि असममा पुग्दा ब्रह्मपुत्र नदी क’हलिन्छ । उक्त नदी बंगालको खाडीमा गएर सागरमा मि’सिन्छ ।

चीनको सरकारी समाचार संस्थाले आइत वार एक खबर छापेर उक्त बाँ’ध मे’दोग काउन्टीमा बनाइने संकेत दिएको छ । त्यो ठाउँ अरुणाचल प्रदेश नजिक पर्छ । चीनले पहिले नै या’र्लुङ जा’ङ्बो नदीमा कैयौं ससाना बाँ’ध बनाइसकेको छ । यस नयाँ बाँ’धले उत्पादन गर्ने जलविद्युत् चीनको थ्री ग’र्जेजभन्दा तीनगुणा बढी छ र त्यो नै अहिलेसम्म संसारको सबभन्दा धेरै जलविद्युत् क्ष’मता भएको बाँध हो ।

चीनको राष्ट्रिय सु’रक्षालाई म’द्देनजर गर्दै नयाँ बाँ’ध बनाउन लागिएको हो । बाँ’ध निर्माणको आरम्भिक चरणमा पावरचाइनाले अक्टोबर १६ मा तिब्बत स्वायत्त प्रदेशसँग रणनीतिक साझेदारी गरेबाट शुरू भएको हो ।पावर क’न्सट्रक्सन कोर्प अफ चाइना वा पावर चाइनाका अध्यक्ष यान झि’योङका अनुसार, या’र्लुङ जा’ङ्बो नदीबाट ६ करोड किलोवाट आवर जलविद्युत् दो’हन गर्दा ३०० अर्ब किलोवाट आवर स्वच्छ, नवीकरणीय र का’र्बनरहित विद्युत् वार्षिक उत्पादन हुन सक्छ ।

‘सन् २०३० अघि का’र्बन उत्सर्जन चरममा पुर्‍याउने र सन् २०६० सम्ममा का’र्बन न्यु’ट्रालिटी हासिल गर्ने चीनको लक्ष्य पूरा गर्न यस परियोजनाले महत्त्वपूर्ण भूमिका नि’र्वाह गर्ने छ,’ यानले भने । विज्ञहरूले अन्तर्राष्ट्रिय नदीहरूमा भारत भन्दा चीनको रणनीतिक अ’ग्रता रहेको कुरा पहिलेदेखि नै इं’गित गर्दै आइरहेका छन् ।‘चीनले तिब्बतको जलस्रोतमा स्वा’मित्व दा’बी गरिरहेको छ ।

दक्षिण एसियाका सात ठूला नदी इन्डस, गंगा, ब्रह्मपुत्र, इरावडी, सालवीन, यांग्त्से र मेकोङ तिब्बत मै उ’त्पत्ति हुन्छन् । यी नदीको जलको लग भग ४८ प्रतिशत पानी सीधै भारतमा प्रवेश गर्छ,’ लोवी इ’न्स्टिच्युटले यसै वर्षको जुलाई महिनामा प्र’काशन गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । भारत र चीनले जल तथ्यांक साझेदारीको सहमति गरेको भए पनि सन् २०१७ को दोक्लम गतिरोधपछि चीनले आँ’कडा बाँ’ड्न ब’न्द गरेको छ ।

तर पछि दुई देशका ऊर्जा मन्त्रालयले यसलाई सु’चारु बनाए ।तर सीमापार नदीलाई चीनले ह’तियार बनाउन सक्ने ड’र भारतलाई छ ।‘चीनको माथिल्लो जलक्षेत्रको है’सियतका कारण सीमापार नदीहरूको पहुँच साझा गर्नका लागि भारतलाई ठूलो चु’नौती छ । हालैका समयमा भारत र चीनबीच भएको सीमाविवादले स्पष्ट बनाएको छ, चीनले तल्लो जलक्षेत्र मुलुकहरूमाथिको अग्रतालाई ह’तियार बनाउन सक्छ । यी नदीहरूमा नियन्त्रण गरी चीनले भारतको अर्थतन्त्रलाई अँ’ठ्याउन सक्ने क्षमता राख्छ,’ लो’वी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्