जाडोमा बदाम खानु स्वास्थ्यका लागि हितकर, यस्ता छन् फाइदा

काठमाडौं । सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदाम खाने प्रचलन बढी भएपनि बदाम सधै खाँदा फाइदा पुग्छ । बदाम प्रोटीन र फाइबरको भण्डार हो । यसमा एन्टीअक्सिडेन्ट्स, भिटामिन, म्याग्नेसियम, म्याग्निज, क्याल्सियम र बिटा क्यारोटिन जस्ता गुणहरू उपलब्ध छन।यी सबै तत्त्वले शरीरलाई पोषण दिन्छन् र चिसोको प्रभावबाट बचाउँछन। बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँन देखि तौल नियन्त्रण डायबिटिजबाट जोगाउँ लगायतका बदाम निकै फाइदाजनक हुन्छ । यसका केही फाइदा यस्ता छन् :

वजन नियन्त्रणः बदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले अन्य क्यालोरि युक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्न सक्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।

छालामा चमकः बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ। नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन।

क्या’न्सरबाट बचाउँछः बदामको नियमित प्रयोगले क्या’न्सरबाट बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण क्यान्सर हुनबाट जोगाउँछ ।

डायबिटिजबाट जोगाउँछः बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ । बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ।

मुटुसम्बन्धी रोगमा कमीः बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन्। जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ।

डिप्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस्।

कोलेस्टेरोल नियन्त्रणः बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ।

ग’र्भवती र शिशुलाई फाइदाः बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा पुर्याउँछ। तसर्थ, ग’र्भाधारणको सुरुदेखि नै यस्ता स’मस्याबाट बच्न महिलाले बदाम खानुपर्छ।

प्रतिक्रिया दिनुहोस्