कोरोना भाइरस रोक्न ड्रोनबाट छरियो हावामा वि’षादी

काठमाडौं : नोवल कोरोना भाइरसको सं’क्रमण रो’कथामका लागि चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुन्मिङमा शनिबार ड्रोन प्रयोग गरी हावामा की’टाणु नाशक प’दार्थ छ’रिएको छ । एकपटकमा १० लिटर की’टाणु नाशक पदार्थ बोकेको उक्त ड्रोनले करिब ८ हजार वर्गमिटरमा की’टाणुशोधन गरेको अधिकारीले बताएका छन्।

हुबेई प्रान्तबाट ल्याइएका पर्यटक राखिएको क्षेत्रमा ड्रोनमार्फत की’टाणुनाशक प’दार्थ छ’रिएको युनान सेन्ये एभिसियन टे’क्नोलोजी कम्पनीले जनाएको छ, आजको कान्तिपुरले एजेन्सीलाई उधृत गर्दै खबर लेखेको छ। मा’नवरहित ड्रोनको प्रयोगले मानिसबाट मानि समा सं’क्रमण सर्न सक्ने जो’खिम कम हुने र शी’घ्र काम हुने कम्पनीको भनाइ छ। त्यस्तै हुबेइका स्वास्थ्य अधिकारीका अनुसार सो प्रान्तमा मात्रै हालसम्म कोरोना सं’क्रमणका कारण ज्या’न गु’माउनेको संख्या ७८८ पुगेको हो ।

चीनका अरु क्षेत्र तथा हङकङ र फिलिपिन्समा गरी कोरोना भाइरसका कारण ज्या’न गु’माउनेको कुल संख्या ८११ पुगेको छ ।सन् २००३ मा फै’लिएको सा’र्स (सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) म’हामारीका कारण ७७४ जनाको ज्या’न गएको थियो । सार्सको सं’क्रमण दुई दर्जन भन्दा बढी देशमा फै’लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्