इन्डोनेसियन आमाकी छोरीले नेपाली बुवालाई दिएको ‘उपहार’

काठमाडौं : इन्डोनेसियन आमा र नेपाली बुवाकी छोरी आइशा डोटेलले यो आफ्नो बुवालाई दिएको ‘सर्प्राइज’ गीत हो । तर यही गीतलाई नेपालका चर्चित गायकले ‘सराहनीय प्रयास’ भन्दै सेयर गरे पछि आइशासँग यो गीतमा संलग्न सबै ‘सर्प्राइज्ड’ भएका छन्।

आइशाको गीत सेयर गर्दै गायक नवीन के. भट्टराईले फेसबुकमा लेखेका छन्– ‘आज मलाई एउटा गीत तपाईंहरूलाई सुनाउन मन लाग्यो। नेपाली पाराको यो संगीत अलि पश्चिमा शैलीमा गाइएको छ। १५ वर्षे गायिकालाई नेपाली पटक्कै आउँदैन, तर पनि नेपाली गीत गाउने प्रयास सराहनीय छ। उनले आफ्ना नेपाली बुवालाई उपहार स्वरुप यो गीत गाएकी रे!’

सरल शब्दमा देश छोडेर प्रवासमा जानुपर्ने नेपालीका निर्दोष दुःख पोखिएको यो गीत मन पराउनेमा सञ्जीव सिंह, विवेक श्रेष्ठ जस्ता गायकको नाम पनि थपिएको छ। यो सामाग्री सेतोपाटीमा प्रभाकर गौतमले लेख्नु भए को छ। ‘गाडी गुड्छ नेपाली’ सुन्ने जोकोहीलाई आइशाको नेपाली शब्द उच्चारण बिझाउन सक्छ। तर त्यही अस्पष्टता यो गीतको विशेषता हो।

गीतमा प्रयोग भएको सांरगीले पुराना र आइशाको अंग्रेजी लवजले प्रवासी नेपाली नयाँ पुस्ताको प्रतिनिधित्व गरेको छ। यो गीतकी गीतकार प्रगति देवकोटाका अनुसार आइशाले महिनौं नेपाली उच्चारण सिकेर गाएकी हुन्। विगत पन्ध्र वर्षदेखि सिड्नीमा बस्दै आएकी प्रगति आइशाकी आन्टी हुन्। वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढाउने प्रगति महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन्।

उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन्। आइशालाई नेपाली गीत गाउन प्रेरित गर्ने प्रगति नै हुन्। एक वर्षअघि प्रगति र आइशाको परिवार क्याम्पिङ गएका थिए । त्यही बेला आइशाले अंग्रेजी गीत गाइन्। आइशाको गायनबाट प्रभा वित प्रगतिले आफ्नी छोरीलाई संगीत सिकाइदिन अनुरोध गरिन्।

नेपाल छँदा प्रगति फुर्सदमा गीत-कविता लेख्थिन्। छोरीलाई संगीत सिकाउन थालेकी आइशालाई उनले आफूले लेखेको नेपाली गीत अभ्यास गराउन थालिन् । ‘नेपाली भाषा सिकेर बुवालाई सर्प्राइज दिने भन्दै आइशाले निकै मिहिनेत गरेर नेपाल उच्चारण सिकिन्,’ प्रगतिले कुराकानीमा भनिन्। भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्