‘सोख’का लागि पालिने कुखुरा, एक जोडिको दश हजार रुपियाँ

नवीन शिशिर विक, बागलुङ । मान्छेका शोख अनेक हुन्छन् । पशुपंक्षी पालन, पंक्षी पालन । विशेष गरी घरमा विभिन्न प्रजातिका कुकुर पालन गर्ने चलन धेरै पहिले देखिनै चल्दै आएको छ । मासुका लागि स्थानीय जातदेखि उन्नत जातका कुखुरा पालन भैरहेको सुनेका छौँ । देखेका पनि छौँ । कुकुर जस्तै शोखका लागि कुखुरा (पंक्षी) पालन भने नौलो लाग्न सक्छ ।

शोखका लागि पालिने कुखुरा मात्रा होईन त्यसको मुल्य सुन्दा पनि एक पटक जिब्रो निकाल्नुपर्ने अवस्था छ । मासु र अण्डाको लागि भन्दा पनि घरको ‘शोभा’ को राखिने पंक्षी बागलुङमा लोकप्रिय बन्दै गएको हो । बागलुङ नगरपालिका–४ रातमाटाको सापकोटा कृषिफर्म पालिकमा पोलिस, चाईनिज सिल्की, जापानीज बेन्टम जातका मासु र अण्डा प्रयोजन भन्दा पनि ‘शो’का लागि पालिने कुखुरा हुन ।

उक्त कुखुराको बजार माग बढी भएको सञ्चालक निसान सापकोटाले बताउनुभयो । पोलिस जातको कुखुराले अण्डा दिए पनि चल्को कोरल्न लोकल जातका कुखुराको खोरमा राख्नुपर्ने सापकोटाले जानकारी दिनुभयो । ‘यो कुखुराले अण्डा दिन्छ, चल्ला कोरल्दैन’ उहाँले भन्नुभयो–‘फेन्सी जानका कुखुरा हुन मासुको लागि विक्री वितरण गर्न महंगो हुन्छ ।’

घरमा व्यवसायिक लोकल प्रजातिको कुखुरा पाले पनि देख्दा राम्रो र आकर्षक भएको हुँदा नयाँ प्रजाति ‘सो’को लागि पालेको उहाँले बताउनुभयो । नयाँ प्रजाति खोज्नेहरू धेरै आउँछन् उहाँले थप्नुभयो–‘सहर बजारदेखि गाउँसम्म यसको माग बढी छ ।’ नयाँ प्रजा तिको स्रोत केन्द्रको रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो। ‘राम्रो र आकर्षक देखिए मूल्यको विषय गौण हुने रैछ’ सापकोटाले गोरखापत्रसँग भन्नुभएको छ–‘पहिलो पटक परीक्षणको रुपम पालेका छौँ, मागको आधारमा संख्या वृद्धि पनि हुन सक्छ ।

खाद्य प्रविधि चौथो वर्षमा अध्ययनरत सापकोटाले लकडाउनको कारण घरफर्के पछि परिवारले संचालन गरेको व्यवसायिक कुखुरा तथा तरकारी फर्ममा सघाउँदै आउनुभएको छ। पोलिस जातको जोडलाई दश हजार, चाईनिज सिल्कीलाई ६ हजार, जापानिज बेन्टम लाई पाँच हजार रुपियाँ जोडमा खरिद गरेको सापकोटाले बताउनुभयो । स्थानीय प्रजाति भन्दा भिन्दै देखिने हुँदा स्थानीय स्तरमा नौलो र फरक प्रकृतिका देखिन्छ । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्