जीवनभर श्रीमतीले सहयोग गरिन्, अहिले विरामी हुँदा उनलाई सकेजति गर्दैछुः प्रचण्ड

काठमाडौं : नेकपाका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमती सीतालाई गम्भीर रोग लागेको र बचाउने प्रयास भइरहेको बताएका छन् । ‘अहिले मेरो श्रीमतीको अवस्था सबैलाई थाहा छ, उनको रोग असाध्यै खालको रहेछ– सबैभन्दा खराब प्रकारको पार्किन्सन रहेछ’, प्रचण्डले भने, ‘एक जना श्रीमानको हैसियतले मैले लगातार बचाउने कोसीस गरिरहेको छु।’

प्रचण्डले जीवनभर श्रीमतीले आफुलाई सहयोग गरेको र अहिले विरामी भएको बेलामा ‘उनको निम्ति सक्नेजति सबै गर्नुपर्छ’ भनेर लागिराखेको बताए । शनिबार कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ अन्तर्गत ‘प्रचण्डसँग परि संवाद’ कार्यक्रममा उनले पारिवारिक सम्बन्धलाई व्यवस्थापन गर्दै आफु निरन्तर राष्ट्र र जनताका लागि राजनीतिमा सक्रिय रहेको बताए।

‘श्रीमतीलाई कुनै पनि दिन केही पनि हुनसक्छ भन्ने मैले मानसिक रुपमा आफुलाई तयार गरेको छु’, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मासँगको परि संवादमा प्रचण्डले भने, ‘ त्यसपछि राष्ट्र र जनताका निम्ति अझ बढी सक्रिय भएर मेरो आफ्नो जीवन बिता उनु पर्छ भन्ने मानसिकता मैले बनाएको छु।’ क्यान्सर रोगबाट छोरी र ह’र्ट अ’ट्याकबाट छोरा गुमाएका प्रचण्ड अहिले श्रीमती सीताको उपचारका क्रममा बेलाबेला विदेश समेत जाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्