बालबालिकाको यौ’नशोषण गर्नेलाई सार्वजनिक रुपमा फाँ’सी दिने प्रस्ताव संसदबाट पास

इस्लामाबाद। पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौ’न उ’त्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँ’सी दिने प्रस्ताव पारित गरेको छ । यो प्र’स्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पेस गरेका थिए । सांसदहरुले प्रस्तावलाई बहुमतले पारित गरे ।

यद्यपि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा परवेज अशरफले भने सजा’यको क’ठोरता बढाउँदैमा अप’राधमा कमी नआउने बताएका छन् । सार्वजनिक रुपमा फाँ’सी दिने काम संयुक्त राष्ट्रसंघको कानुन विप’रित भएको भन्दै उनले यसलाई प्रचलनमा ल्याउन नहुने बताएका छन् ।

संसदमा यो प्रस्तावले ठूलो समर्थन पायो । तर, यसको वि’रोधमा बोल्ने परवेज अशरफ एक्लै भने थिएनन् । उनका साथै इमरान सरकारका विज्ञान तथा प्राद्योगिक मन्त्री फवाद चौधरीले पनि विधेयकको नि’न्दा गरेका थिए। उनले नृशंशता अप’राधको जवाफ हुन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्