सरकारी अस्पतालबाट बिरामी निजीमा पठाइन्छ : स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

काठमाडौं, २२ पुष । मंगलबार कान्ति बाल अस्पतालले आफ्नो ५८ वार्षिकोत्सव मनायो । कार्यक्रमका मुख्य अतिथि थिए– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकाल । तर, वार्षिकोत्सवमा मन्त्री ढकालले सरकारी अस्पतालबाट कर्मचारी को मिलेमतोमा बिरामीलाई निजी अस्पताल पठाउने गरेको खुलासा गर्नुभयो । तर, अस्पतालले भोग्दै आएको समस्याका बारेमा मौन रहनुभएका मन्त्रीको अभिव्यक्तिले पार्ने प्रभावका बारेमा भने स्वयं बेखबर देखिनु हुन्थ्यो ।

यो स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार अस्पतालको वार्षिकोत्सव समारोहमा दिनु भएको अभिव्यक्ति हो । उहाँको अनुसार अस्पतालका जि’म्मेवार कर्मचारी, एम्बुलेन्स चालक लगायतले क’मिशनको लोभमा मिले मतोमा बिरामी निजी अस्पताल पठाउने गरिन्छ । तर, मन्त्रालय सम्हालेका एक महिनामा अस्पतालका बारेमा यति धेरै जानकारी लिनुभएका मन्त्रीले अस्पतालको दुरावस्थाको समाधानका बारेमा भने एक शब्द खर्चनुभएन ।

अझ, सरकारी अस्पतालमा हुने यस्ता किसिमका समस्याको समाधान गर्न सरकारले के गर्दैछ त्यो पनि जानकारी गराउनु भएन । स्वास्थ्य क्षेत्रका यावत बिकृति हटाएर सुधार गर्ने प्रतिबद्धता गर्दै पद्भार सम्हाल्नु भएका मन्त्री ढकालले कुन तथ्यका आधारमा यो अभि व्यक्ति दिनुभयो भन्ने प्रश्न पनि उब्जिएको छ । उता, कान्ती बाल अस्पताल समस्या नै समस्याले ग्रस्त छ । ५२ शैयाको आइसीयु भएर पनि जनशक्ति नहुँदा ३५ शैयामा चलिरहेको अस्पतालको सुधारका संकेत भने देखिएको छैन ।

अप्रेसन कक्षको अभावमा बालबालिकालाई डेढ बर्ष सम्म कराइने प्रवृत्ति नौलो होइन र छैन पनि । यि समस्या समाधान गर्न अस्पताल प्रशासन त गम्भीर देखिएको छैन नै मन्त्रीको समेत सुधारका लागि गर्ने योजना नहुँदा अस्पताल उही हविगतमा चलिरहने देखिन्छ । अस्पताल प्रशसन पनि पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको पटकपटक गुनासो गरिरहेपनि सरकारले ध्यान दिएको छैन ।

कान्ति अस्पताल पछिल्ला बर्षहरुमा जिर्ण बन्दै गएको छ । पछिल्लो ११ बर्ष देखि नर्स र चिकित्सकको अभाब छ । पुराना उपकरण जीर्ण बन्दै गएका छन् । तर, अस्पतालको वार्षिकोत्सवमा स्वास्थ्य मन्त्रीले अस्पताललाई चुस्त बनाउने कुनै घोषणा गर्नुभएन । उल्टै सरकारी अस्पतालबाट बिरामी निजीमा पठाइन्छ भन्ने अभिव्यक्तिले स्वयं स्वास्थ्यमन्त्रीलाई नै यो समस्या समाधान गर्न चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्