“म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको छु

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्र’ष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनु भएको छ। आज भ्र’ष्टाचार विरु’द्धकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उहाँले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासन युक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्र’ष्टाचार गरे पनि त्यो अ’परा ध नै भएकाले क्षम्य हुन नसक्ने बताउनुभयो। मैले प्रधानमन्त्री भएदेखि नै “म भ्र’ष्टाचार गर्दिन, भ्र’ष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको छु । तर हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो ।

भ्र’ष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुदैन । भ्र’ष्टाचारलाई सामाजिक रुपमा नै नि’न्दा र भ्र’त्र्सना गर्नु जरुरी हुन्छ । वर्तमान अवस्थामा निजी क्षेत्रले पनि सार्वजनिक सेवा प्रवाहमा ठूलो हिस्सा ओगटेको छ । त्यसैले म यस अवसरमा भ्र’ष्टाचार नियन्त्रणमा निजी क्षेत्र, नागरिक समाज र आम जनसमुदायसँग समेत सहकार्यका निमित्त अपिल गर्दछु ।

उहाँले भन्नु भएको छ – ‘कुनै एक सूचकका आधारमा मात्रै भ्र’ष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न पनि सकिँदैन, यसको बहुपक्षीय र सुक्ष्म अध्ययन गरिनु जरुरी हुन्छ ।’ नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिए को उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म ओरालो लागेको बताउनुभएको छ ।

भ्र’ष्टाचार नियन्त्रण गर्न सरकारी, निजी, गैर सरकारी, सामुदायिक तथा सञ्चार क्षेत्र लगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्दछ भन्दै प्रधान मन्त्री ओलीले हाम्रा सामाजिक मूल्य, मान्यता, सं’स्कार र व्यवहारमा परिवर्तन गर्नु पनि आवश्यक रहेकोमा जोड दिनु भएको छ।यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्य बाहक प्रमुख आयुक्त डाक्टर गणेशराज जोशी र आयुक्त डाक्टर सावित्री थापा गुरुङले भ्रष्टाचार नियन्त्रण गर्ने महत्वपूर्ण र संवेदनशील कार्यमा थप ऊर्जा र क्रियाशील भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्