चित्तल मार्दै गाउँपालिकाको एम्बुलेन्समा ओसार्दै !

बैतडी, माघ २६ गते । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स भित्र म’रेको चित्तल लैजादै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरी नि’यन्त्रणमा परेको छ। एम्बुलेन्स भित्र मरेको चित्तल सहित दार्चुला प्रहरीले आइतबार मध्यान्ह १२ः४५ बजे शैल्यशिखर नगरपालिका –९, गोकुलेश्वर बजारमा डिलासैनी गाउँपालिकाको एम्बुलेन्स समातेको हो ।

डिलासैनी गाउँपालिकाले चलाउँदै आई रहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकेलेश्वरका प्रहरी नीरिक्षक खगेन्द्र साउदले जानकारी दिनु भयो । साउदले भन्न्नु भयो,–‘एम्बुलेन्स नियन्त्रणमा लिएर चालक महेश बोहरालाई पाक्राउ गरेका छौं ।

मृ’त चित्तल दार्चुला स्थित वन डिभिजन कार्यालयमा बुझाउने तयारी गरिरहेका छौ ।’ चालक बोहराले महेन्द्रनगरबाट फर्किदा कञ्चनपुरको अर्जुनी ब्यारेक नजिकबाट चित्तल मारेर ल्याएको प्रारम्भिक बयान दिएका प्रहरी नीरिक्षक साउदले जानकरी दिनु भएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्