इटहरीका मेयर द्धारिकलाल वि’रुद्ध प्रहरीमा उजुरी

इटहरी : इटहरीका मेयर द्धारिकलाल चौधरीले ब्यक्तिगत रि’सिईबी साध्न आफ्नो पान पसल ब’न्द गराएको भन्दै इलाका प्रहरी कार्यलयमा उ’जुरी हालेका छन । सुनसरी पान पसलका सञ्चालक सुवास साहले इटहरीका मेयर विरुद्ध प्रहरीमा सार्वजनिक मुद्धा दिएका हुन । मेयर चौधरीले पदको दुरुपयोग गर्दै आफुलाई केहि दिन देखि मानसकि तनाब दिनुको साथै ब्यवसाय बन्द गरिदिएको भन्दै उजुरी दिएका हुन ।

द्धारिकलाल चौधरीले आफ्नो गरिखाने भाडो बन्द गराउन लागेको र शान्तीसुरक्षा समेत माग गर्दै उनले प्रहरीमा उजुरी दिएका हुन । पान पसल गरेर कसरी पैसा कमाईस? भन्दै आफुलाई तथानाम गाली समेत गरेको ब्यवसायी साहले बताए । मेयर चौधरीलाई कडा कार्वार्हीको माग गर्दै प्रहरीमा उजुरी दिएको साहको भनाई छ ।

त्यस्तै, इटहरी उपमहानगर पालिकाले इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चौलागाईलाई सरकारी जग्गा अ’तिक्रमण गरेको भन्दै ७ दिने अ’ल्टि मेटम पत्र काटेको छ । सरकारी जग्गामा घर बनाएको भन्दै इटहरी ५ निवासी रामप्रसाद चौलागाईको घरमा ७ दिन भित्र जग्गा छोड्न निर्देशन पत्र टाँसेको हो ।

खानेपानी अध्यक्ष भएरै ऐलानी जग्गा हडप्दै आएको भन्दै इटहरी उपमहानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद चापागाईद्धारा हस्ताक्षरित पत्र पठाईएको छ । सात दिन भित्र ऐलानी जग्गा खाली नगरे कानुन अनुसार कारवाहि गर्ने चेतावनी सहितको पत्र रामप्रसादको घरमा टाँसिएको हो । खानेपानी अध्यक्ष रामप्रसादले ब्यापाक भ्रष्टाचार गरेको भन्दै केहि समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले खानेपानीमा छा’पा मा’रेको थियो ।

प्रतिक्रिया दिनुहोस्