गिट्टी कु’टेर पढाइ खर्च धान्न वि’वश छन् बालबालिका

काठमाडौं : जाजरकोटका वालवालिका गि’ट्टी कु’टेरै बाँ’च्ने गरेका छन् । भेरी नगरपालिका- २ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दु’धे बच्चा च्या’पेर गि’ट्टी कु’टिरहनु भएको छ । उनी सु’त्केरी भएको दुई हप्ता भित्रै गि’ट्टी कु’ट्ने काममा गर्दै आएका छन् । तीन छोरा, छोरीकी आमा भइसकेकी उनी गिट्टी कु’ट्ने ठाउँका कहिले शिशुलाई च्या’पेर, त कहिले चिसो भुइँमा राखेर काम गरिहरनु भएको छ ।

उनका श्रीमान् प्रेम खड्का पनि सडकका पर्खाल लगाउने काम गर्छन। जाजरकोट- जुम्ला सडकखण्ड अन्तर्गत खलङ्गा पाँचकाटिया सडकको ग्राभेलको काम अहिले जारी छ । “पढ्दा पढ्दै छाडियो, अहिले गिट्टी कुटेर छोराछोरी सहित घरपरिवार चलाउनु पर्छ के गर्नु” लक्ष्मीले भने। उनी जस्तै अर्की ४० वर्षीया भीम कुमारी खड्का चार छोरा छोरीको पढाइका लागि गिट्टी कु’ट्दै आएका छन् ।

“कुनै राजगारी छैन, यही गिट्टी कु’टेर सबै परिवार पाल्नुपर्छ” उनले भने, “छोरीहरु स्थानीय विद्यालयमा कक्षा ५ र ६ मा पढ्छन्, पढाइ खर्चका लागि भए पनि गिट्टीको सहारा लिएको छु, यसमै कामगने ठेकेदारले समयमा पैसा दिँदैनन।” सोही सडक खण्डमा शङ्कर भवन मावि बाहुनथानामा कक्षा २ मा अध्ययनत् चन्द्रा घर्तीले बिहान–बेलुका गिट्टी कु’टेर पढाइ खर्च जुटाउँदै आएकी छिन् ।

बिहान ७ बजे सडकछेउमा हथौडा र ढुङ्गाको भारी खातमा हाजिर हुने उनी साढे ९ बजे विद्यालय पुग्छिन्। उनी अपराह्न ३ बजेपछि पुनः गिट्टी कुट्न आउने गर्दछिन्। उनीसँगै कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने अस्मित पुन खर्चकै लागि गिट्टी कुट्दै आएका छन् । उनीहरुले दैनिक गिट्टी कु’टेर बिक्री गरी पढाई खर्च जुटाउँदै आएका छन् । घरमा आमा बाबाले कपडा सिलाउनु हुन्छ, हामी गिट्टी कु’ट्छौँ उनीहरुले भने ।

प्रतिक्रिया दिनुहोस्