बालुवाटार जग्गा प्र’करणका मुख्य नाइकेहरुलाई का’रवाही गर्ने बिद्रोही नेकपाको घोषणा, को-को छन लिस्टमा ?

काठमाडौँ । बि’द्रोही नेपाल कम्युनिस्ट पार्टीले बालुवाटार स्थित ललितानिवास जग्गा प्रकरणका मुख्य नाइकेहरुलाई कारवाही गर्ने घोषणा गरेको छ। नेकपा केन्द्रीय समितिले आफ्नो पार्टीले सामाजिक दायित्व र जनताको माग बमोजिम ललिता निवास का’ण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी ओली सरकार र सरकारी पार्टीले अख्तियार दु’रुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अ’भियुक्त हरूलाई जोगाए पनि आफूहरूले का’रबाही गर्ने बताएको हो ।

पार्टी प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै ललिता निवास प्रकरणले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदा’ङ्गो पारिदिएको बत्ताएक छन् । ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवास का’ण्डका दो’षीहरूलाई का’रबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेका छन् ।

यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमि’सनखोरहरूको अनुहार उदाङ्गो पारेको छ ।’ प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अ’भियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवास काण्डलाई किनारा लगाउन खोजेको नेकपाको ठहर छ। अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई आफ्नो पार्टीले उचित समयमा कारबाही गर्ने बिज्ञप्तिमा उल्लेख छ ।

‘अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिनेगरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको छ। अख्तियारले सरकार सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अ’भियुक्तलाई हाम्रो पार्टीले उचित समयमा का’रबाही गर्नेछ ’ विज्ञप्तिमा भनिएको छ ।

नेकपाले सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका वि’रुद्ध उभिन सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेको छ। ‘सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसन खोर चरित्र का वि’रुद्ध उभिन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौँ ।’ विज्ञप्तिको अन्त्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्