सय रुपैयाँ चो’रेको भन्दै दुई बालकलाई ८ घण्टा बाँधेर कु’टियो, एक बालक ३ दिनदेखि अस्पतालमा

शैलेन्द्र महतो : किराना पसलबाट सय रुपैयाँ चोरेको आ’रोपमा आठ घण्टा बन्धक बनाएर दुई बालक माथि नि’र्घात कु’टपिट भएको छ। सबैला नगरपालिका ९ भठिहनका तेजवा मुखियाका १० वर्षीय छोरा बिल्टु मुखिया र स्थानीय अनाथ बालक १३ वर्षीय सुरज महतोमाथि कु’टपिट भएको हो। नेपाल खबरमा समाचार छ ।

बिहीबार बिहान ११ बजे स्थानीय शिवशंकर महतो सुडीको किराना पसलमा चो’री गरेको आ’रोपमा दुवै बालकलाई ब’न्धक बनाएर वडा नंं ९का वडाध्यक्ष सुशीलकुमार राय र पसले सुडीले नि’र्घात कु’टपिट गरेको तेजवा मुखियाले बताए। कु’टपिटबाट १० वर्षीय बालक बिल्टु सि’किस्त भएपछि जनकपुरको समर हस्पिटलमा आइसीयूमा राखेर उपचार भइरहेको छ।

कु’टपिटबाट बिल्टुको नाक र मुखबाट र’गत आएपछि तीन दिनदेखि अस्पताल भर्ना गरेको बुबा तेजवा मुखियाले बताए। उपचारमा संलग्न चिकित्सकले बालकको नाक, टाउको तथा शरीरका विभिन्न भागमा चो’टपटक लागेको बताए। चो’टपटकले नाकबाट र’गत आउने समस्यालाई मध्यनजर गरेर अब्जरभेसनमा राखिएको उनले बताए।

आइतबार देखि बालकको अवस्थामा सुधार भएको अस्पतालले जनाएको छ। बालकलाई ब’न्धक बनाएर कु’टपिट गरेको आरोपमा किराना पसले सुडी र वडाध्यक्ष राय वि’रुद्ध प्रहरीमा निवेदन दिएको मुखियाले बताए । उनले छोरालाई कु’टपिट गर्ने वडाध्यक्ष राय र पसले सुडीलाई कारबाहीका लागि सबैसँग गु’हार गरेका छन्।

बालकका बुबा मुखिया भन्छन्– दिनभर बाँ’धेर कु’टियो

बिहीबार बिहान ११ बजे सुरज र बिल्टु खेल्दै पसलतिर गएका थिए। पसल खुल्लै देखे पछि उनीहरुले पसलको गल्लाबाट एक सय रुपैयाँ निकालेका थिए । पैसा चोर्ने क्रममा दुवै बाल कलाई पसले सुडीले प’क्राउ गरे । उनले पैसा खोसेर ल’छार्दै– पछार्दै कु’ट्दै बालकहरुलाई वडा कार्यालयमा लगे। त्यहाँ दुबै बालकलाई हातखुट्टा पा’ता फर्काइ बाँ’धियो।

त्यसपछि वडाध्यक्ष राय, पसले सुडी र स्थानीय ट्याक्टर चालक वीरेन्द्र राय मिलेर दुवै बालकलाई झा’डुको बिँड, थप्पड, मु’क्काले शरीरभरी कु’टपिट गरे। बिहान ११ बजे देखि साँझ ७ बजेसम्म बाँधेकै अवस्थामा राखेर बेला बेला दिनभर कु’टपिट गरिरहे । ७ बजेपछि दुबै बालकलाई छाडिदिए। कु’टपिटका कारण राति बालक बिल्टुको मुख र नाकबाट र’गत आएपछि जनकपुरको समर अस्पतालमा भर्ना गरियो।

वडाध्यक्ष भन्छन्– राजनीतिक प्रतिशोधका लागि मेरो नाम जोडियो

बालकलाई कु’टपिट गरेको आ’रोप लागेका वडाध्यक्ष सुशील रायले कु’टपिटमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। किरानापसले शिवशंकर महतोले बाँ’धेर राखेको अवस्थामा दिउँसो करिब ४ बजे आफूलाई फोन गरेर छलफलका लागि बोलाएपछि आएको उनको भनाइ छ।

आफू आएपछि किराना पसले र बालकको अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल गरी च्यातिएको पैसा वापतको रकम बिल्टु मुखियालाई तिर्न लगाएको उनले बताए। ‘बालक बिल्टु सिरियस भएको सुनेपछि मैलेनै उनलाई अस्पताल लैजान सल्लाह दिएँ’ उनले भने, ‘कु’टपिट गरेको हल्ला मैले सुनेको छु। तर कु’टपिटमा मेरो कुनै सं’लग्नता छैन राजनीतिक प्रतिशोधको कारण मेरो नाम जोडिएको छ।’

प्रतिक्रिया दिनुहोस्