निर्मला पन्त ह’त्या प्रकरणमा अन्ततः दिलीप नै दो’षी, के–के छ प्रमाण ?

काठमाडौँ । आज माघ २७ गते सोमबार । देशका प्रमुख राष्ट्रिय दैनिकमा निर्मला पन्त ह’त्या प्रकरण, ललिता निवास जग्गा प्रक’रण, भावी आईजीपीको खोजी लगायत विषयहरुमा समाचार प्रकाशित छन्। प्रहरी प्रधान कार्यालयले कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तको ब’लात्का र र ह’त्या प्र’करणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खा’रेज गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको हो । पछिल्लो प्रतिवेदन अनुसार ब’ला’त्कार र ह’त्याका आ’रोपमा प’क्राउ परेर छुटेका दिलीप सिंह विष्ट नै मुख्य अ’भियुक्त रहेकाले उनी माथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अ’पराध अनुसन्धान विभाग मार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ ।

भीमदत्त नगरपालिका–२ (कञ्चनपुर) स्थित खोल्टीकी पन्तको श’व २०७५ साउन ११ गते त्यही नगरपालिकाको खोला किनारको उखुबारीमा फे’ला परेको थियो । त्यस पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सी आईबी) र कञ्चनपुर प्रहरीले घ’टना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते विष्ट प’क्राउ परेका थिए । तर स्थानीय भीड र विभिन्न गैरसरकारी संस्थानका प्रतिवेदनले विष्ट नि’र्दोष रहेको दा’बी गर्दै फ’साउन खोजिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्