दुखद खबर, जु’ठो खाँदा एकै परिवारका ९ जनालाई कोरोनाको सं’क्रमण

हङकङ । जुठो खाँदा हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस सं’क्रमण भएको छ। जुठो खाना एकआपसमा आ’दान प्रदान गरेपछि उनीहरूलाई कोरोना सं’क्रमण भएको पुष्टि भएको हो । जनवरी २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा उनीहरू भेला भएका थिए। ‘एकै परिवारका उनीहरूले आपसमा हा’टपट र बा’र्बेक्यु खाना आपसमा सा’टासाट गरेर खाएका थिए’ साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

समाचारमा जुठो खाँदा एकै परिवारका ९ जनालाई कोरोना सं’क्रमण पुष्टि भएको भनिए पनि ९ जनामध्ये कसलाई त्यो सं’क्रमण थियो र सर्यो भन्ने विषय खुलाइएको छैन। त्यस्तै चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृ’त्यु भएको छ । एकै दिनमा चीनमा कोरोनाका कारण एकै दिनमा यति धेरैको मृ’त्यु भएको यो पहिलो घ’टना हो ।

योसँगै कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या ९ सय ८ पुगेको छ ।चीनमा यो भाइरसबाट सं’क्रमित हुनेको संख्या ४० हजार १ सय ७१ पुगेको छ भने १ लाख ८७ हजार ६ सय १८ जनाको उपचार भइरहेको छ । जसमा ३ हजार २ सय ८१ जना उपचार पछि घर फर्केका छन् । यसैबीच विश्व स्वास्थ्य सं’गठनले एक वि’शेषज्ञको टोली अनुसन्धानका लागि चीन पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्