आजको राशिफल : आइतबार कुन राशिका लागि शु’भ, कुन राशिका लागि अ’शुभ ?

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल पौष २६ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वादशी,२१ घडी ३४ पला,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त त्रयोदशी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २६ घडी ०८ पला ।

मेष : नचाहादा नचाहादै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घ’ट्न सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिए पनि आम्दानी न्युन हुने हुँदा आवस्यक्ता टार्न मु’स्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पो’ल्टोमा नतिजा पर्नेछ । प्रे’ममा धो’का हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बि’वाद हुनेछ ।

बृष : व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिने समय रहेकोछ । साझेदार हरु बीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रे’म तथा मित्रताको ब’न्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ ।

मिथुन : वा’दविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मु’द्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । माया प्रे’म तथा दा’म्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा का’ट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ ।

कर्कट : बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुने छ । माया प्रे’ममा अविस्वास बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नु पर्ला । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति प’त्नी बीच मन मु’टाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अ’ड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला ।

सिंह : आत्मिय साथी तथा आफन्तसँग मन मु’टाव बढ्ने छ । आमा तथा आमा सरहका मानिससँग बि’वाद बढ्ने योग रहेकोछ । प्रतिस्पर्धीहरुले काममा अ’वरोध पु¥याउन सक्छन् ध्यान दिनु होला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छा’ती स’म्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । तर पनि कृषी तथा पशुपालन व्यावसाय फ’स्टाएर जानेछ ।

कन्या : दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्ने छ । वाद वि’वाद तथा मु’द्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रे’ममा सामिप्यता बढ्नुको साथै पति प’त्नी बीच मायाको डो’रो क’सिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्र’मणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

तुला : आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला वि’वाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा दैनिकि प्रभावित हुनेछ । मा’या प्रे’ममा मन मु’टाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मन मु’टाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा स’मस्या आउन सक्छ ।

बृश्चिक : राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन क’टाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा वि’लासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

धनु : कामगर्दा बिशेष शावधानी अपनाउनु होला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनु होला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने छ । व्यापार व्यावसायमा मन्दी आउनेछ भने विदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यावसाय फ’स्टाएर जानेछ । कर्म प्राप्तिको लागी लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरु भन्दा पछी परिनेछ ।

मकर : माया प्रे’ममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिने छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ ।

कुम्भ : गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाईँ अव्वल सावित हुनु हुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ ।

मीन : व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। समयमा काम नसकिने हुदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धो’का हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्