आज र भाेलि काठमाण्डाै सहित देशका धेरै ठाउँमा मेघगर्जन सहित वर्षा र हिमपात

काठमाडौँ । बुधबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन। पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जन सहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखा का मौसमविद् समिर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अहिले धुम्मिएको काठमाण्डाै उपत्यका सहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ ।

तर फेरि बादल लागेर मेघगर्जनसहित पानी पर्ने उहाँले जानकारी दिनुभयाे । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँले बताउनु भयाे । बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबार देखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ । राती पनि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै, बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। राती पनि देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली तथा पश्चिमका भू–भागमा आंशिक बदलि रही पश्चिमका एक–दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

शुक्रबार भने देशका पूर्वी र मध्य पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। मध्य र पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ। आगामी २४ घण्टामा देशका केहि स्थानहरूमा वर्षा रहिमपातको संभावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्