सुनको भाउ एकैदिन २३ सय रुपैयाँले घट्यो

काठमाडाैं, २६ पुष । सुनको भाउ आज एकैदिन ताेलामा २ हजार ३ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापा वाला सुन प्रतितोला रु ९३ हजारमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो शुक्र बारकाे तुलनामा रु २ हजार ३०० ले कम हो ।

छापावाला सुन शुक्रबार प्रतितोला रु ९५ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रति तोला रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन शुक्रबार तोलामा रु ९४ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी भने तोलामा रु ६० र ले ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३३० मा शुक्रबार कारोवार भएको चाँदी आज भने एक हजार २७० मूल्य निर्धारण भएको छ ।अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्