३३० फीट उचाईबाट बन्जी जम्प गर्दा ड’रलाग्दाे तरिकाले डोरी चुडिएपछी…

काठमाडाैं । बन्जी जम्प शाहसिक खेल हो । यसमा धेरै साबधानी अपनाइन्छ । जो कोहीले बन्जी गर्ने आँट पनि गर्दैनन् । बन्जी जम्म गर्नेहरुका लागि धेरै सा’वधानी अपनाउँदा अपनाउँदै पनि कहिले काहीँ नसोचेको दु’र्घटना हुन सक्छ । हालै एकजना बन्जी जम्प गर्ने क्रममा डोरी चुँ’डिएर भुइँमा ब’जारिएका छन् । घटना पोल्याण्डको हो ।

पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हाम्फा’ल्ने क्रममा डोरी चु’डिँदा भुइँमा ब’जारिएर करङ भाँ’चिएको छ। स्वास्थ्य ठीक भएपनि तत्काल उनी हिँडडुल गर्न सक्ने अवस्थाम भने रहेन । गडीनिया प्रहरीका क्रिस्टोफ कुस्मीरजिकले घटना पछि घ’टनास्थलमा रहेका प्रत्यक्षदर्शी र कर्मचारीहरूसँग अन्तर्वार्ता लिइएको बताए । घ’टनाको भिडियो हेर्दा उनको टाउको भुइँमा राखिएको एयरब्यागमा बजारिएको देखिन्छ ।

एयरब्यागमा बजारिए पछि उनी उफ्रिन्छन् अनि रोकिन्छन् । अनेकौं कर्मचारीहरूले उनी ठीक छन् कि छैनन् भनी हेर्न गएको देखिन्छ। स्थानीय समाचार वेबसाइट ट्रोमियास्तो डट् पीएलका अनुसार, भुइँमा बजारिए पछि उनी अ’चेत भए र उनलाई अस्पताल लगियो । भाग्यवश दु’र्घटनाबाट उनी बाँचे । उनको करङ टु’क्रिएको छैन र अलिकति भाँ’चिएको अस्पतालले जनाएको छ । उनको अन्य अंगमा पनि केही चो’ट पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्