विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई र जाङ्मु

काठमाडौं : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन। आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् । मुख्य राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्परा अनुसार वैवा हिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए । वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो ।

४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पा सँग बिहे गरेका हुन् । २० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रे’म सम्बन्ध रहेको बताइएको छ । राईले विहेको अवसरमा विराट नगरमा भोज दिने बताइएको छ ।

दुबैबीच आइतबार राजधानीको एक पार्टी प्यालेसमा बिहे भएको हो। बिहेमा पर्यटनमन्त्री भानुभक्त ढकाल सहभागी भएका थिए । रिसेप्सन पार्टीमा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको छ । राईको जन्म भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थिदिङ्खा गाउँमा २०२७ सालमा भएको हो। शेरधन तीन सन्तानमध्येका एक हुन्। उनका दुई बहिनी छन्।

उनका बुबा जागिरमान पंचायतकालमा वडाध्यक्ष थिए। बुबाकै पदचाप पछ्याउँदै राई विधार्थी राजनीतिमा होमिएका हुन । ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रहेका राई संघीय सरकारमा यसअघि सूचना तथा संचार प्रविधिमन्त्री थिए ।२०७४ फागुनमा उनी प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्। संखुवासभाकी जाङमु सानैदेखि काठमाडौंमा बस्दै आएकी हुन्। उनका बाबु–आमा भने अमेरिकामा बस्छन्। सानैदेखि उनको रुची सौन्दर्य र मनोरञ्जन क्षेत्रमा छ।

विगत पाँच वर्षदेखि जाङमु मोडलिङमा सक्रिय छिन। ११ वर्षकै उमेरमा उनले ‘मिस किड क्वीन’ मा सहभागिता जनाएकी थिइन् । एसएलसी दिएपछि ‘मिस एसएलसी आइडल’ र प्लस टूमा अध्ययनका क्रममा उनले ‘मिस इ कलेज’ जस्ता सुन्दरी प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनले सेप्टेम्बर २०१८ मा भएको ‘मिस मंगोल’को उपाधि जितेकी हुन्। मिस मंगोल भएपछि उनी विभिन्न सामाजिक काममा सक्रिय रहिन्।

प्रतिक्रिया दिनुहोस्