एमसीसी सम्झौता संशोधन गरिए अमेरिकालाई मान्य हुँदैन : राजदुत बेरी

काठमाडौं : अमेरिकाले सहयोग गर्न लागेको अमेरिकन मिले’नियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको नेपाल अनुदान सम्बन्धी सम्झौता यथास्थितिमा पारितका लागि लबिङ गर्न एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आइरहेका बेला नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले संशोधित सम्झौता अ’मेरिकालाई मान्य नहुने जानकारी दिएका छन् ।

ब्रुक्सले राजधानीमा नेकपाका नेता एवं एमसीसीका पदाधिकारी सँगको भेट तीव्र पारिरहेका बेला बेरीले पोखरामा रोटरी इन्टर नेशनलको सम्मेलनमा यस्तो बताएका हुन् । करिब तीन सय जना सहभागी उक्त सम्मेलनमा एक जनाले सोधेको प्रश्नको जवाफ दिँदै बेरीले एमसीसी सम्झौता संशोधन गरिएमा त्यो अमेरिकालाई मान्य नहुने बताएका थिए ।

नेकपाका नेता भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य सम्मिलित पूर्वप्रधानमन्त्री समेत रहेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसी सम्झौताका प्रावधानहरु अध्ययन गरिरहेका बेला बेरीबाट आएको यो अ’भिव्यक्तिले थप वि’वाद उत्पन्न गर्ने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्