प्रचण्डले शिलान्यास गरेको पुल भोलि प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने भएको छ । उद्घाटनको लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दाङ जानु हुने छ । चार वर्ष अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटन गर्न भोलि प्रधानमन्त्री केपी शर्मा ओली दाङ जान लाग्नु भएको हो।

दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गर्नु भएको थियो । त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि आउँदा तत्कालिन नेकपा एमालेले दाङ बन्दको आव्हान गरेको थियो।

प्रचण्ड दाङ आउँदा खबर संकलनका लागि पुगेका पत्रकार माथि तत्कालिन नेकपा एकालेका कार्यकर्ताले लमहीमा दु’र्व्यव हार समेत गरेका थिए। तत्कालिन समयमा नेकपा एमाले दाङका इञ्चार्ज मेटमणि चौधरी थिए। उनी दाङको निर्वाचन क्षेत्रनं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन्। हाल उनी नेकपा प्रचण्ड-नेपाल समूहका नेकपा केन्द्रीय सदस्य चौधरीले प्रधानमन्त्री ओलीलाई लाज नभएको नेताको संज्ञा दिएका छन्।

‘त्यतिबेला हामीले पार्टी केन्द्रकै निर्देशनमा प्रचण्ड दाङ आउँदा जिल्ला बन्द आह्वान गरेका थियौं,’ चौधरीले प्रश्न गरे, ‘आज तीनै ओली प्रचण्डले सिलान्यास गरेको पुल तामझाँमका साथ उद्घाटन गर्न आउनु कति लाज नभएको होला।’ यद्यपी नेता चौधरीले प्रधान मन्त्री ओलीले पुल उद्घाटन गर्न आउनुलाई सामान्य रूपमा लिएको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्