प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टी साधारण सदस्यबाट हटायो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्य बाट हटाएको छ । आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी साधारण सदस्यबाट हटा उने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गर्दै ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको हो। ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाएपछि पनि उनले संविधान, लोकतन्त्र, राष्ट्रको नीति, राष्ट्र हितविरुद्ध गतिविधि गरेको र स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाट हटाएको श्रेष्ठको भनाइ छ ।

‘केपी ओलीलाई केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरिएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष पदबाट हटाएपछि पनि उहाँले संविधान, लोकतन्त्र, राष्ट्रिय नीति र पार्टी हित वि’रुद्ध लगातार गतिविधि गरेकाले उहाँलाई पार्टी हितविपरित किन काम गरेको भनी स्पष्टीकरण सोधेको थियो । उहाँले जवाफ नदिएपछि आजको स्थायी कमिटी बैठकले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्