मैले पुनर्जन्म पाएको महशुस गरेको छु

काठमाडौं : खानीमा फ’सेका ११ चिनियाँ श्रमिकको उद्धार भएपछि उनीहरूले आफूहरूले पुनः जन्म पाएको महशुस गरेको बताएका छन् भने खानीमा फ’सेका अझै एकको अवस्था अज्ञात रहेको छ भने १० जना मृत भेटिएका छन् । दुई हप्ता पछि आफूहरूलाई नाटकीय रूपमा उद्धार गरेपछि आफूहरूलाई यो घटना एउटा सपना जस्तो लागेको उनीहरूले बताएका छन् ।

“मलाई पुनःजन्म लिएको महशुस भइरहेको छ,” खानीमा जनवरी १० मा फ’सेका मध्ये उद्धार गरिएका डु थर भएका एक श्रमिकलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सीजीटीएनले आफ्नो समाचारमा लेखेको छ। अस्पतालमा उपचार गराइरहेका डु लामो समय पछि आफूलाई जीवितै उ’द्धार गर्ने अधिकारीहरूप्रति खुशी प्रकट गर्दै भने, “मैले एउटा सपना देखेजस्तो भएको छ जसमा म आफै मृ,त्युलाई जितेर पुनः यस धर्तीमा आउने अवसर पाएको महशुस भएको छ ।”

उनले भने, “पहिलो नौ दिनसम्म हामीसँग खानेकुरा थिएन। हाम्रो उद्धारमा खटिने अधिकारीलाई व्यक्त गर्ने शब्द नै छैन । धेरै खुशी छौँ ।” डु उद्धार गरिएका श्रमिकमध्ये आफू जीवितै रहेको सूचना पठाउने एक श्रमिक हुन् । जसका कारण उनीहरूलाई नौ दिन पछि पहिलो पटक औषधि, खानेकुरा र सूचना आदान प्रदानका लागि खानी भित्र फोन पठाइएको थियो ।

उद्धार गरिएका अर्का श्रमिले भने, “यति गहिराईसम्म चट्टान ख’नेर उ’द्धार गर्नु कम चुनौतीपूर्ण काम थिएन । हाम्रो उ’द्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्पूर्ण टोलीप्रति हामी कृतज्ञ छौँ।” खानीमा फ’सेका मध्ये टाउकोमा चो’ट लागेका एक श्रमिकको गत हप्ता मृ,त्यु भएको थियो भने अन्य नौ जना गत सोमबार मृ,त अवस्थामा फेला परेका थिए । अझै एक व्यक्तिको अवस्था अ’ज्ञात रहेको र उनको खोजी भइरहेको छ ।

उद्धार गरिएका सबै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरूको स्थानीय उक अस्पतालमा उपचार भइरहेको छ । खानीमा रहँदा श्रमिकहरूले एक अर्कालाई आश्वासन दिँदै सबैको उद्धार हुने बताउने गरेको तर आफू भने भोकले खानी भित्रै म’रिने हो कि भन्ने अवस्थामा पुगेको डु ले बताए । जमिनको सतहबाट पुगेको खाना, औषधि र फोनले आफूहरूमा बाँकि जीवन जीउने आशा पलाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्