हेर्नुहोस आजको राशिफल : बुधबार कुन राशिका लागि शुभ ?

ज्योतिषि डिपि भण्डारी : विसं. २०७७ साल माघ १४ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्री शाके १९४२ । पौष शुक्ल पक्ष । तिथि–चतुर्दशी, ४४ घडी ५१ पला, रातको १२ बजेर ५१ मिनेट उप्रान्त पूर्णिमा । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २६ घडी ५० पला ।

मेष : आत्मिय मित्र तथा दाजुभाइहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रे’ममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । ध’र्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

वृष : बोलीको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

मिथुन : व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भइरहने छ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्ने छ । सामाजिक क्षेत्रमा तपाईंले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । वि’लासी वस्तु हरुको प्रयोग गर्न पाइने तथा सानो प्रयत्नले भौतिक वस्तुहरुको लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ ।

कर्कट : अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै सं’घर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगती गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् । तरपनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यवसाय भने फस्टाएर जानेछ ।

सिंह : तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्ने फाइदा हुने छ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्रिय क्षेत्रसँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रे’म पात्र जुराउने ग्रहयोग रहेको छ ।

कन्या : आज गरिएको लगानी फ’स्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिने छ । नयाँ काम खोज्दै हुनु हुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । गीत सङ्गीतको क्षेत्रमा रुची बढ्ने हुँदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ। समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

तुला : अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ। ध’र्मकर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ। सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रवाह गर्नेहरुलाई रिझाएर महत्वपूर्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैंतिर ल्याउन सकिनेछ । माया प्रे’ममा नजिक हुने समय रहेको छ भने एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।

वृश्चिक : व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पतीपत्नी बीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गो’प्य सुचनाहरु बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वा सन बाँड्हरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ ।

धनु : माया प्रे’ममा अविश्वास बढ्नेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महसुस हुनेछ । पहिलेका सम्झौता भङ्ग हुनेछ भने साझेदारहरु बीच भनाभन हुने योग रहेको छ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउने छैन । वि’लासी सामान प्राप्तिको योग भएपनि तपाईं आफ्नै कारणले टरेर जानेछ ।

मकर : पुराना समस्या तथा वि’वादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिने छ। घर परिवार तथा सामाजिक निर्णयहरु तपाईं कै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् । आफ्नो विशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेको छ ।

कुम्भ : प्रयत्न गर्दा विभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज, बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट भने जस्तो लाभ लिन सकिने छ । शेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रे’ममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पत्ति तथा वि’लासी वस्तुको उपयोग मार्फत् मनग्ने धन संग्रह गर्न सकिनेछ ।

मीन : राजनीतिकर्मी तथा समाज सेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धी भएर जाने छ । खोज तथा अनुसन्धानमा उपलब्धि मूलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्