कमला घिमिरेले रंगशाला पुगेर धुर्मुस सुन्तलीलाई सहयोग गरिन्

काठमाडौं:चितवनको रामपुरमा निर्माण भइरहेको रंगशालामा कमला घिमिरे पुगेकी छिन। रंगशालामा चलिरहेको धनधान्यान्चल स्थलमै पुगेर कमलले धुर्मुस सुन्तली संग पनि भेटघाट गरेकी छिन। भने दर्शकलाई दोहोरी गितमा झुमाएकी थिईन। त्यस्तै कमला रंगशालामा पुगेको दिन १२ करोड भन्दा धेरै रकम उठेको छ। कमलाले पनि आफ्नो तर्फबाट ५ हजार सहयोग गरेकी छिन।

जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ । कलाकार एवंम सामाजीक अभियान्ता सिताराम कट््टेल धुर्मुसले अब कहिल्यै नमाग्ने बताएका छन। भरतपुर मा पत्रकारहरुसँग उनले रंगशाला निर्माण सम्पन्न भएपछि कहिल्यै नमाग्ने बताएका हुन ।

प्रदेश नं२ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले खेलाडी उत्पादनमा बचेको रकम खर्च गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्