गृहमन्त्रीका भाइ नरेशलाई थु’नामा राख्न उच्च अदालत पाटनको आदेश

काठमाडौं : उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापालाई थु’नामा राख्न आदेश दिएको छ। उच्च अदालत पाटनले बिहीबार थापालाई थुनामा राख्न आदेश दिएको हो। मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले यसअघि जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै थापालाई थु’नामा राख्न आदेश दिएको हो।

रजिष्ट्रार बाबुराम दाहालका अनुसार थापालाई तत्काल प्राप्त प्रमाणका आधारमा ध’रौटी माग्ने जिल्ला अदालतको आदेश बेरितको रहेको ठहर उच्च अदालतले गरेको छ। ‘अन्य प्रतिवादीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नु भएको आदेश भएको सन्दर्भमा निजलाई पनि थुनामै राख्नुपर्नेमा धरौटी माग गर्ने त्यस अदालतको आदेश बेरितको देखिँदा बदर गरिएको छ’

आदेशमा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम निजलाई थु’नामा राखेर मुद्दाको पुर्पक्ष गर्नू।’ थापा वि’रुद्धको ‘आ’पराधिक लाभ र संगठित अपराध’ मुद्दामा चलाइएकोमा असोज १ गते जिल्ला अदालत काठमाडौंले एक लाख रूपैयाँ ध’रौटीमा छोडेको थियो। न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ धरौटीमा छाड्न आदेश दिएको थियो।

बस्नेत नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन ह’त्यामा दो’षी ठहरपछि सुन्धारा कारागारमा छन्। गौचनको २०७४ असोज २३ मा नयाँ बानेश्वरको शान्तिनगरमा दिउँसै ह’त्या भएको थियो। बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आ’रो पमा केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरीले मु’द्दा अघि बढाएपछि थापा गत भदौमा आफैं प्रहरीको सम्पर्कमा गएका थिए।

प्रतिक्रिया दिनुहोस्