सुनकाे भाउले राख्याे ऐतिहासिक रेकर्ड, अहिले सम्मकै महँगाे

काठमाण्डाै : सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । मङ्गलबार ताेलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो ।

यस्तै चाँदी पनि बुधबार ताेलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन। लगनको समय आउँने बेलामा भाउ अका सिएपछि सुनको कारोबार ठप्प जस्तै भएको उनीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस : बिदेशी मुद्राको बिनिमय दर – बुधबार मलेसियन रिंगिट र कोरियन वनको भाउ बढेको छ। अरु विदेशी मुद्रा भने घटेको छ। नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० पैसा नै रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा थियो। कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा तोकेको थियो । यस्तै ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ५६ पैसा रहेको छ ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्री दर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ पैसा १५ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ पैसा १२ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकेको छ ।

हिजो खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको थियो। कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८० रुपैयाँ १३ पैसा तोकेको छ। हिजो खरिददर ३७८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८० रुपैयाँ ७८ पैसा नै रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर ३०४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ०५ पैसा तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्