भारतले नेपाललाई दिने वार्षिक अनुदान बढ्यो

काठमाडौँ,१९ माघ । भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०२१/२२ केन्द्रीय बजेट अनुसार नेपालले पाउने वार्षिक अनुदान बढाएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा एक अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड) रुपैयाँले वृद्धि गरेको हो। अनुदान बढेसँगै यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भारतीय वित्त मत्रालयले जान एको छ । अघिल्लो अर्थिक बर्षमा भने भारतले नेपाललाई दिने अनुदानमा भारी कटौती गरेको थियो ।

आव २०१९÷२० मा भरतले ११ अर्ब ९८ करोड अनुदान दिएको थियो । यस बर्षको बजेट अप्रिल २०२१ बाट कार्यान्वयनबाट आउने छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०२१/०२२ को बजेटमा भारतले सबैभन्दा बढी भुटान लाई ३० अर्ब ४ करोड भारु अनुदान दिने आफ्नो बजेटमा उल्लेख गरेको ५ ।

भारतबाट भुटानपछि नेपालले ९ अर्ब ९२ करोड, म्यान्मारले ४ अर्ब, अफगानिस्तानले ३ अर्ब ५० करोड, माल्दिभ्सले अर्ब ५० करोड, बंगलादेशले २ अर्ब र श्रीलंकाले २ अर्ब भारु अनुदान पाउने छन् । भारतमा नयाँ आर्थिक वर्ष हरेक वर्षको अप्रिल १ देखि शुरु हुन्छ । पहिलो ‘पेपरलेस’ भनिएको आगामी आर्थिक वर्षको बजेटमा भारतले स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्