शान्ति मिसनबाट फर्किए लगत्तै मृ’त्यु भएका सइको परिवारलाई ७७ हजार डलर क्षतीपुर्ती

काठमाडौं। संयुक्त राष्ट्र संघीय शान्ति मिसनबाट फर्किए पछि बिरामी भएर मृ,त्यु भएका नेपाल प्रहरीका एक कर्मचारीका परिवारले ७७ हजार अमेरिकी डलर क्षती पुर्ती पाएका छन्। दुई महिना अघि दक्षिण सुडानबाट फर्किएका प्रहरी नायब निरीक्षक(सइ) दीपक खनालको मलेरिया रोगबाट नेपालमा मृ,त्यु भएको थियो ।

मिसन मै हुँदा उनलाई मलेरिया भएको र त्यसैका कारण मृ,त्यु भएको भन्दै प्रहरीको यूएन शाखाले क्षतीपुर्तीका लागि राष्ट्रसंघ पहल गरेको थियो । निकै मेहनत पछि परिवारलाई राहत दिलाउन सफल भइएको शाखाका एक अधिकारीले बताए । राष्ट्रसंघ मै कार्यरत अवस्थामा बराबर उनको परिवारलाई क्ष’तीपुर्ती दिइएको छ ।

जसका कारण सइ खनालका परिवारले प्रहरी महा निरीक्षक शैलेश थापा क्षेत्री लगायतलाई भेटेर धन्यवाद दिएका थिए । मलेरियाबाटै सुडानमा मृ,त्यु भएका कार्यालय सहयोगी श्रीबहादुर थापा मगरको परिवारलाई राहत दिने प्रक्रिया पनि प्रहरीले अघि बढाएको छ । करिब दुई महिनामा कोमामा बसेपछि उनको सुडानमा गत महिना मृ,त्यु भएको थियो । दृष्टि न्युजमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्