७५ हजार घु’स सहित इञ्जिनीयर र वडा सदस्य अख्तियारको फन्दामा

तनहुँ, २८ माघ। तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुस सहित प’क्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटि एको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित प’क्राउ गरेको हो ।

वडासदस्य अधिकारी मार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजु’रीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै प’क्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए ।

प’क्राउ परेका निजहरु वि’रुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारीलाई ७५ हजार घुससहित प’क्राउ गरेको हो । उनीहरुलाई नगरपालिकाको कार्यालय परिसरबाटै प’क्राउ गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्