क्रुजका १३५ जना कोरोना सं’क्रमित, ३७ सय यात्री ७ दिनदेखि समुद्रमा फसे !

एजेन्सी : जापानको योकोहामा नजिकै क्वारेन्टानको लागि छोडिएको क्रुजभित्रका १३५ यात्रीमा कोरोना भाइरसको सं’क्रमण देखिएको छ। सं’क्रमितको संख्या बढ्दै गएपछि क्रुजभित्रका चालक दलका सदस्यले सहयोगको याचना गरेका छन् । यसले जहाज भित्रका करिब ३७ सय यात्रीलाई किनारामा राखेर स्वास्थ्य परीक्षण गर्ने कि जहाज भित्रै छोडिदिने भन्ने वि’वाद निम्त्याएको छ ।

डायमन्ड प्रिन्सेस क्रुजमा ६५ जना नयाँ सं’क्रमित भेटिएका मध्ये ११ जना अमेरिकी छन् । सोमबार सम्ममा जहाजभित्र १३५ यात्री सं’क्रमित भेटिएका हुन्। ‘निकै चाँडै यहाँ भएका हामी सबैजना संक्रमित हुनेछौं,’ भारतीय नागरिक विनय कुमार सरकारले बताए । विनय कुमार जहाजभित्रका चालक दलका हजार सदस्य मध्येका एक हुन् । सरकारले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष सहयोगको गुहार लगाएका छन् ।

एक अन्तर्वार्तामा उनले भने, ‘अब को संक्रमित हुने होला भनेर सबैजना त्रसित छौं ।’ यात्रीलाई झैं चालक दलका सदस्यलाई आफ्नो छुट्टै कोठाको व्यवस्था छैन । आफूहरु एउटा कोठाभित्र चारजनासम्म बस्न बाध्य भएको विनय कुमारले बताए। जहाजभित्र दिइने खाना पनि उनीहरुले बाँडिरहेको हुँदा, धेरैजनाको सम्पर्कमा आउने र संक्रमित हुने सम्भावना अत्यधिक भएको उनले बताए ।

हङ्कङ्का एक व्यक्तिलाई फेब्रुअरी १ तारिखमा कोरोनाको सं’क्रमण पुष्टि भएपनि उनलाई फेब्रअुरी ५ मा मात्रै सबैबाट अलग राखिएको बताइएको छ। जसका कारण कोरोना भाइरस माथि ला’परवाही गरिएको भन्दै जापानी सरकारको व्यापक आ’लोचना पनि भएको छ । विशेषज्ञले यस्तो गरिनुको कुनै औचित्य नभएको र यो निकै ख’तरनाक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्