स्वस्थयका लागि ड्राइ फ्रुट खान जाने फाइदा नजाने घा’तक

काठमाडौं : हामी प्राय सुन्ने गर्दछौं कि ड्राइ फ्रुट म त सधै जसो खान्छु । कति सम्म खादा यसले स्वास्थ्यमा फाइदा पुर्याउछ के पताईहरु ले कहिले यसको मात्रा मापन गर्नू भएको छ? अमृत पनि खान नजान्दा विष बन्छ त्यस्तै हरेक खाने कुराको मात्रा नजान्दा स्वास्थ्यलाई हानीकारक साबित हुन सक्छ । सहि मात्रामा ड्राइ फ्रुट खानु स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ ।

ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी भएको हुनाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाईदाजनक मानिन्छ । साथै ड्राइ फ्रुटलाई मुटुको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा प्रशस्त एन्टिअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउछ । ड्राइ फ्रुटमा पाइने असंतृप्त फ्याटले ह्दयाघात तथा अन्य रोगहरुबाट बचाउछ ।

तर यस्ता ड्राइ फ्रुट दैनिक मायसको मात्रामा मात्र खनाु पर्छ अन्यथा क्यालोरी धेरै भएकोले तौल बढ्न र यसले अन्य बेफाइदा पनि गर्नसक्छ । त्यस कारण हामीले ड्राइ फ्रुट दैनिक १ देखि २ मुठी वा १ देखि ८ वटा सम्म खाएमा स्वस्थकर मानिन्छ । (मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलसँगको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनुहोस्