किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ

काठमाडौं : बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफिया को एक गिरोहले मसानघाट समेत बाँकी राखेन । उनीहरुले किर्ते गरी मसानघाटको जग्गा प्लटिङ गरेको पाइएको छ ।

आयोजनासँगै बारा भित्रिएका भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ । बाराको जितपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपर्टी म्यानेज मेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो ।

मसानघाट भनी उल्लेख भएको कित्तानं ५९को ६ बिघा ८कठ्ठा जग्गा २०४७ साउन ३०गते नेपाल सरकारले ऐलानी श्रेस्ता बदर गरी भूमाफियाको उक्त कम्पनीले किर्ते गरेर प्लटिङ गरी बेचेको पाइएको हो।यो समाचार आजको कारोबार दैनिक मा प्रकाश लम्सालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्