नेपालीलाई स्वदेश फिर्ता गर्न चीनले स’सर्त अनुमति दिने

काठमाडौं : कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने “ससर्त” अनुमति दिने भएको छ। नेपाल सरकारका एक वरिष्ठ अधिकारीका अनुसार चीनले कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन चीनले ससर्त अनुमति दिने भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले चीनमा अ’लपत्र परेका नेपाली नागरिकको उद्धार सम्बन्धी जानकारी लिन सोमवार स्वास्थ्य, परराष्ट्र तथा शिक्षा मन्त्रालयका सचिवहरूलाई बोलाएको थियो । त्यसै क्रममा स्वास्थ्य सचिवले यो जानकारी दिएको आयोगका एक सदस्यले बताएको बीबीसीले उल्लेख गरेको छ । सरकारी अधिकारीहरूले चीनमा रहेका नेपालीलाई जतिसक्दो चाँडो फर्काइने आश्वासन दिँदै आएका छन्।

तर हुबेमा रहेका नेपालीका आफन्तहरूको छटपटी बढ्दोछ र उनीहरूले उच्च सरकारी अधिकारीहरूलाई भेटेर हारगुहार गरिरहेका छन्। हुबेमा रहेका नेपालीका आफन्तहरूले ज्ञापनपत्र बुझाएपछि उनीहरूलाई तत्काल स्वदेश फर्काउन आइतवार राष्ट्रिय मानव अधि कार आयोगले सरकारलाई निर्देशन दिएको थियो। तर लामो समयसम्म पनि उनीहरूलाई उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।

सोमवार आयोग पुगेका स्वास्थ्यसचिव खगराज बरालले नेपालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार चिकित्सकीय निगरानीको व्यवस्था गरेपछि मात्र चीनले उद्धारको अनुमति दिने जानकारी गराएको आयोगका सदस्य सुदीप पाठकले बताए । कोरोना भाइरसको स’ङ्क्रमण शरु भएको हुबेमा रहेका नेपालीहरूले स्वदेश फर्कन चाहेको भन्दै हारगुहार गरेपछि १० दिनअघि सरकारले उनीहरूको उद्धार गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्