दैलेखमा भेटिए मलेरियाका ९ बि’रामी, भारतमा मजदुरी गर्न जानेबाट फैलिएको आशंका

दैलेख, २८ माघ । दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लाम खुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो । नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन् ।

बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौँमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो । बिरामीको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ। मलेरियाका बिरामी दैलेख क्षेत्र–२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो ।

मलेरिया रोग अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा निराजन पन्तले बताए । पन्तले मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको बताउनु भयो । जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार मलेरियाका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्ला बाहिर उपचारका क्रममा मलेरिया भेटिएको जनाएको छ ।

सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा मदन कोइरालाका अनुसार मलेरियाका नौ बिरामी भेटिए पछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारी रूपमा स्थानीय वासीमा जनचेतना जगाउनुपर्ने देखिन्छ। “रोजगारीका लागि मुग्लान जाने फर्किँदा मलेरियाको सङ्क्रमित भई फर्किने हुनाले स’ङ्क्रमितको उपचार र हुनसक्ने स’ङ्क्रमणलाई रोक्न स्थानीय सरकार विशेष महत्व दिएर लाग्नुपर्छ”, उनले भने ।

नेपाल सरकारको नीति अनुसार एक जनामात्र मलेरिया बि’रामी भेटिएको अवस्थामा तत्काल नि’गरानीमा राखी निःशुल्क उपचार गर्नु पर्ने साथै बिरामीका कारण परिवार र छिमेकीमा स’र्नबाट रोक्न विशेष स्वास्थ्य कर्मीको टोलीबाट जाँच गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्