‘कोरोना संक्रमित ४ हजार मानिस उपचारपछि पूर्ण स्वस्थ’

एजेन्सी : कोरोना भाइसर सं’क्रमणका कारण मृ’त्यु हुने क्रमले भ’यावह रूप लिइरहे पनि संक्रमितमध्ये उपचारपछि ठूलै संख्यामा पूर्ण रूपमा स्वस्थ पनि भइरहेका छन्। कोरोना सं’क्रमण भएका ३ हजार ९ सय ९६ जना उपचारपछि पूर्ण रूपमा निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको चीनले दाबी गरेको हो।

यस्तै नयाँ मानिसमा सं’क्रमण हुने दर पनि २० प्रतिशतले घटेको उसकाे भनाइ छ । चीनको हुबेई प्रान्त स्थित स्वास्थ्य आयोगका अनुसार आइतबार २ हजार ६ सय १८ जनामा कोरोना सं’क्रमण भएकामा अनुपात घ’टेर सोमबार २ हजार ९७ जनामा मात्र कोरोना सं’क्रमण देखिएको हो। सन् २००२-०३ मा सार्स भाइरसको महामा’रीपछि चीनले अहिले कोरोना भाइरसका कारण स्वास्थ्य संकट सामना गरिरहेको छ।

कोरोना भाइरस सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या हजार नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना भाइरस सं’क्रमणबाट मंगलबार बिहानसम्म १ हजार १८ जनाको मृ’त्यु भएको हो । नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृ’त्यु भएको छ । गत डिसेम्बरमा सं’क्रमण देखिएयता मृ’त्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो।

प्रतिक्रिया दिनुहोस्